Rule 16A
सामुदायिक सेवामा पठाउने सम्बन्धी व्यवस्था
(१) कुनै मुद्दामा तीन वर्षसम्म कैद सजाय हुन सक्ने व्यक्तिले सामुदायिक सेवा गर्न चाहेमा मुद्दा हेर्ने अधिकारी समक्ष अनुसूची–२क. बमोजिमको ढा“चामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि मुद्दा हेर्ने अधिकारीले देहायका विषय उपर विचार गर्दा निवेदन माग बमोजिम कसूरदार ठहरिएको व्यक्तिलाई सामुदायिक सेवामा पठाउन मनासिब देखेमा कारागारको सट्टा सामुदायिक सेवामा पठाउने गरी निर्णय गर्न सक्नेछ :-
(क) कसूर र कसूर गर्दाको कारण र अवस्था,
(ख) निजको विगतको चालचलन,
(ग) निजको उमेर,
(घ) निजले कसूरका सम्बन्धमा गरेको साविती र निजले कसूरको लागि गरेको क्षमा याचना,
(ङ) निजले गर्न सक्ने सामुदायिक सेवाको प्रकृति ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित नेपाल कानून बमोजिम स्थापना वा गठन भएको अदालत बाहेक मुद्दा हेर्ने अन्य अधिकारीले कसूरदारलाई सामुदायिक सेवामा पठाउ“दा सम्बन्धित जिल्ला अदालत समक्ष त्यसरी सामुदायिक सेवामा पठाउने आधार र कारण समेत उल्लेख गरी अनुमति माग गर्नु
पर्नेछ र सम्बन्धित जिल्ला अदालतले पनि त्यस्तो आधार र कारण मनासिव देखेमा त्यस्तो कसूरदारलाई सामुदायिक सेवामा पठाउने अनुमति दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम मुद्दा हेर्ने अधिकारीले कसूरदारलाई सामुदायिक सेवामा पठाउने निर्णय गर्दा दैनिक दुई घण्टा सामुदायिक सेवामा काम गरे वापत एक दिनको दरले कैद कट्टा हुने गरी कसूरदारले कति अवधि सामुदायिक सेवा गर्नु पर्ने हो सो समेत खुलाउनु पर्नेछ ।
(५) उपनियम (२) बमोजिम मुद्दा हेर्ने अधिकारीबाट कसूरदारलाई सामुदायिक सेवामा पठाउने निर्णय भए पछि काठमाडौं उपत्यकाको हकमा कारागार व्यवस्थापन विभागले र काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित कारागार कार्यालयले कसूरदारलाई सामाजिक सेवामा लगाउन इच्छुक विद्यालय, अस्पताल, स्थानीय निकाय,
देवालय, वृद्धाश्रम लगायत यस्तै प्रकृतिका अन्य निकाय वा सामाजिक संघ संस्थासंग लिखित समझदारी गरी कसूरदारलाई आवश्यक शर्तहरु पालना गर्ने कबुलियतनामा गराई सामुदायिक सेवा गर्न त्यस्तो निकाय वा संस्थामा पठाउनु पर्नेछ र त्यसरी कसूरदारलाई सामुदायिक सेवामा पठाउ“दा कारागार व्यवस्थापन विभागले सामुदायिक
सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समितिको र कारागार कार्यालयले सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन जिल्ला समितिको परामर्श लिनु
पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पठाइएको कसूरदारले दिनको कम्तीमा दुई घण्टा सम्बन्धित निकाय वा संस्थामा सामुदायिक सेवा गर्नु पर्नेछ र बा“की अवधि स्वरोजगारको रुपमा काम गर्न सक्नेछ ।
(७) उपनियम (५) बमोजिम सामुदायिक सेवामा पठाइएको कसूरदारलाई देहायको अवस्थामा सामुदायिक सेवाबाट फिर्ता गर्न आवश्यक ठानेमा सोको अनुमतिको लागि कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालयले सम्बन्धित जिल्ला अदालत समक्ष
लेखी पठाउनु पर्नेछ –
(क) निजले प्रचलित कानून विपरीत कार्य गरेमा,
(ख) निजले सम्बन्धित निकाय वा संस्थास“ग भएको समझदारीपत्र बमोजिमठेकिएको काम नगरेमा,
(ग) निजले सामुदायिक सेवामा जा“दाको बखत गरेको कबुलियतनामा विपरीत कार्य गरेमा ।
(८) उपनियम (७) बमोजिम अनुमतिको लागि लेखिआएमा र कसूरदारलाई
सामुदायिक सेवाबाट फिर्ता गर्न मनासिव देखेमा सम्बन्धित जिल्ला अदालतले त्यस्तो कसूरदारलाई सामुदायिक सेवाबाट फिर्ता गर्ने अनुमति दिनेछ ।
(९) उपनियम (८) बमोजिम कुनै कसूरदारलाई सामुदायिक सेवाबाट फिर्ता गर्ने
अनुमति प्राप्त भएमा कारागार व्यवस्थापन विभाग वा कारागार कार्यालयले त्यस्तो कसूरदारलाई सामुदायिक सेवाबाट कारागारमा फिर्ता गर्नेछ ।
(१०) उपनियम (९) बमोजिम सामुदायिक सेवाबाट फिर्ता गरिएको कसूरदारले बा“की कैद कारागारमा रही भुक्तान गर्नु पर्नेछ र निजलाई सोही कैद अवधिमा पुन सामुदायिक सेवामा पठाइने छैन ।